काठमाडौं ।
नेपालका भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले साढे ५ लाख (४ हजार यूएस डलर) नगदसहित सम्मान गरेको छ। अमेरिकामै भएको २ छुट्टै प्रतियोगितामा १ स्वर्ण र ३ रजत गरी ४ पदक जित्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गरेवापत भूपेन्द्रलाई सम्मान गरिएको हो।
तमु परिवार न्युयोर्कद्वारा आयोजित ल्होछार २०८१ को उपलक्ष्यमा भएको कार्यक्रममा भूपेन्द्रलाई ३ हजार यूएस डलरसहित तमु परिवार अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति न्युयोर्क एसेम्बली मेम्बर जिल्ला ३० का स्टेभेन राघ र तमु परिवार न्युयोर्क इन्ककी अध्यक्ष मनीतादेवी गुरुङले भूपेन्द्रलाई नगदसहित अवार्ड प्रदान गरे।
त्यस्तै, ह्याप्पी किचन रेस्टुरेन्ट न्यूयोर्कका प्रोपाईटर वीरेन्द्र गुरुङले भूपेन्द्रलाई १ हजार यूएस डलरसहित प्रशंसा पत्र प्रदान गरे। भूपेन्द्रले डिसेम्बर ८ तारिखमा न्यु टाउन, पेन्सिल्भिनियामा भएको छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका थिए।
प्रतिक्रिया