वामदेव गौतम नेकपा एसको कार्यालयमा


काठमाडौं ।

वामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।

 नेकपा बिभाजन पछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा नेकपा एसमा प्रवेश गर्ने चर्चा परिचर्चाको बिचमा आलोकनगरस्थित नेकपा एसको कार्यालय पुगेका हुन् ।
 

सो क्रममा आलोकनगरमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबिच भेटवार्तासमेत भएको छ।

पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबिच वार्ता चलिरहेको छ। तर, टुंगोमा पुगिसकेको भने छैन ।