पछिल्लो समयमा शेयरबजारप्रति धेरैको आकर्षण बढेको देखिन्छ । शेयरबजारमा नयाँ–नयाँ लगानीकर्ताहरु धमाधम देखा परिरहेका छन् । पछिल्लो समय शेयरबजारमा महिलाहरुको सहभागिता पनि बढिरहेको छ भन्दा फरक नपर्ला । चाहे प्राथमिक बजारमा होस् वा दोस्रो बजारमा होस्, महिलाहरुको सहभागिता बढ्दै छ।
पछिल्लो समय शेयर लगानीकर्ताहरुको संघहरुमा समेत महिलाहरुको नेतृत्व बढिरहेको देखिन्छ । त्यसै गरी कम्पनीहरुको साधारणसभाहरुमा उपस्थित हुने महिलाहरु पनि उल्लेख्यरुपमा रहेको देख्न सकिन्छ भने साधारणसभाहरुमा आफ्नो भनाइ राख्नेमा महिला पनि देख्न सकिन्छ।
त्यसो त अहिले नियमितरुपमा साधारणसभाहरुमा बोल्ने महिला शेयरधनीमा निरुपमा गुप्ता मात्र देखिए पनि अबको दिनमा महिलाको सहभागिता बढ्ने बताउँछन् सरोकारवालाहरु । शेयरबजारमा महिलाहरुको सहभागितालाई सकारात्मकरुपमा लिन सकिन्छ ।
शेयरबजार महिलाहरुका लागि अतिरिक्त आयआर्जन गर्ने माध्यम पनि बनेको छ । अरु कार्यालयमा जस्तो १० देखि ५ बजेसम्म काम गर्न नपर्ने र आफ्नो घरको काम सकाएर घरमा नै बसी शेयर कारोबार गर्न सकिने भएकोले पनि शेयरबजारप्रति धेरैजसो गृहिणीको आकर्षण बढिरहेको हो भन्दा पनि फरक नपर्ला। खासगरी पछिल्लो समयमा दोस्रो बजारमा भन्दा पनि प्राथमिक शेयरबजारमा धेरैको आकर्षण रहेको देखिन्छ। त्यसो त धेरैजसो महिलाहरु प्नि दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा नै रहेको बताउँछन् जानकारहरु । पछिल्लो समयमा प्राथमिक शेयर खरिदमा आवेदन दिनेहरुको संख्यामा धमाधम वृद्धि भइरहेको छ। कुनै पनि कम्पनीको आईपीओ जारी हुँदा शेयर खरिद आवेदन दिनेहरुको घुइँचो नै लाग्ने गरेको छ।
शेयरबजारमा नयाँ–नयाँ लगानीकर्ताहरु धमाधम देखा परिरहेका छन् । पछिल्लो समय शेयरबजारमा महिलाहरुको सहभागिता पनि बढिरहेको छ भन्दा फरक नपर्ला । चाहे प्राथमिक बजारमा होस् वा दोस्रो बजारमा होस्, महिलाहरुको सहभागिता बढ्दै छ। पछिल्लो समय शेयर लगानीकर्ताहरुको संघहरुमा समेत महिलाहरुको नेतृत्व बढिरहेको देखिन्छ।
पछिल्लो समयमा शेयरबजारमा महिलाहरु र युवाहरुको प्रवेश पनि बढेको देखिन्छ । पछिल्लो समयमा सडकदेखि सदनसम्म र चिया गफमा पनि शेयरबजारकै चर्चा हुन थालेको छ। पछिल्लो समयमा शेयरबजारप्रति सबै वर्ग र समुदायहरुको आकर्षण बढ्दै गइरहेको देखिन्छ । त्यसो त विद्यार्थीदेखि गृहिणीसम्मको शेयरबजारप्रति रुचि बढ्दै गइरहेको सरोकारवालाहरु बताउँछन्। शेयरबजारप्रति युवावर्गहरुको रुचिको कारणले शेयरबजारको दायरा फराकिलो हुँदै गइरहेको छ। नवप्रवेशीहरुको र युवावर्गको रुचि प्राथमिक बजारमा बढेको देखिन्छ । पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरु ह्वात्तै बढेको देखिन्छ। प्राथमिक शेयर खरिदमा आवेदन दिनेहरुको संख्या १५ लाखभन्दा रहेको छ । डिम्याट खातामा दर्ता हुनेहरुको संख्या पनि लगभग ६५ लाखभन्दा बढी भइसकेको सरोकारवालाहरु बताउँछन् । पछिल्लो समयमा अनलाइनमा मेरो शेयरबाट घर, पसल, अफिसबाट पनि आवेदन दिन सकिने र सी आस्वामार्फत बैंकमा गएर आवेदन दिन पाउने भएपछि यसको संख्या ह्वात्तै बढेको हो भन्दा फरक नपर्ला ।
त्यसै गरी प्राथमिक शेयरमा आवेदन दिनेहरुलाई १० कित्ता शेयर दिन पर्ने र आवेदन दिँदा न्यूनतम १० कित्ताको लागि मात्र पनि आवेदन दिन सक्ने नियम गरेपछि शेयर खरिद आवेदन दिनेहरु झनै बढेको देखिन्छ । तर पनि प्राथमिक शेयरमा आवेदन दिने सबैले न्यूनतम १० कित्ता शेयर पाउने भन्ने भ्रम पनि देखा परेको देखिन्छ । आवेदन दिने सबैले १० कित्ता शेयर पाउने भने होइन, माग गरेभन्दा धेरैको आवेदन प¥यो भने सबैले शेयर पाउँदैनन् । त्यस बेला गोला प्रथाबाट बाँडफाँड गरिन्छ । तर बढी आवेदकहरुले शेयर पाउने भने देखिन्छ । पछिल्लो समयमा नेपालको धितोपत्र बजारमा जनसहभागिता बढिरहेको देखिन्छ । त्यसो त पछिल्लो समयमा पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढ्दै छ । खासगरी नयाँ लगानीकर्ताहरुको आकर्षण बढ्दै छ।
विगतमा कुनै पनि कम्पनीको आईपीओ र एफपीओ जारी हुँदा आवेदन दिन आवेदन संकलन केन्द्रहरुमा लगानीकर्ताहरुको भीड नै देखिने गरिन्छ। अहिले विगतमा जस्तो प्राथमिक शेयर खरिद गर्न आवेदन संकलन केन्द्रहरुमा चेक र नगद बोकेर घण्टौँ लाइनमा बसेर आवेदन बुझाउनुपर्ने झन्झटबाट भने मुक्त भएका छन्। अहिले सी आस्वा प्रणालीको स्वीकृति पाएका बैंक तथा वित्त कम्पनीहरुको देशभरका शाखा कार्यालयहरुबाट सी आस्वामार्फत शेयर खरिद आवेदन दिन सकिन्छ।
अनलाइनबाट मेरो शेयरबाट पनि आईपीओको आवेदन दिन सकिन्छ। शायद यही कारणले पनि प्राथमिक शेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको हो कि। पछिल्लो समयमा प्राथमिक शेयर खरिदमा आवेदन दिन सजिलो र समयको पनि बचत हुने गरेको छ । त्यसै गरी १० कित्ते नियमले गर्दा पनि अहिले न्यूनतम रु. १ हजारको मात्रै आवेदन दिए पनि पुग्ने भएकोले साना लगानीकर्ताहरु बढी आकर्षित भएको देखिन्छ । यसले गर्दा पनि प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । त्यसो त पछिल्लो समयमा आईपीओ भर्नेहरुमा पुराना लगानीकर्ताहरुभन्दा नयाँ लगानीकर्ता बढी देखिन थालेका छन्।
पछिल्लो समयमा धितोपत्र बजारप्रति चासो राख्नेहरु पनि थुप्रै देखिन थालेका छन् । धितोपत्र बजारप्रति सबै वर्ग, तह, पेसाका व्यक्तिहरुको आकर्षण रहेको पाइन्छ । पछिल्लो समयमा शेयर बजारको बारेमा फुटपाथ पसलेदेखि कर्पाेरेट कार्यालयहरुले सम्म पनि चासो राखेको देखिन्छ। त्यसो त शेयरबजारप्रति धेरैले चासो राख्नु, धेरैको आकर्षण हुनु शेयरबजारको लागि सकारात्मक पक्ष हो । शेयरबजारप्रति, प्राथमिक बजारप्रति लगानीकर्ताहरुको आकर्षणले गर्दा माग गरेभन्दा कैयौँ गुणा आवेदन पर्ने गरेका छन्।
विगतमा माग गरेभन्दा कति गुणा बढीले आवेदन पर्यो भनेर चासो राख्ने गरिन्थ्यो भने अहिले १० कित्ते नियमले गर्दा कतिवटा आवेदन पर्यो भनेर चासो राख्ने गरेको पाइन्छ। त्यसो त आईपीओमा लगानी गर्नेहरु पुराना लगानीकर्ताहरुभन्दा नयाँ लगानीकर्ताहरु बढी रहेको पाइन्छ। हुन त प्राथमिक बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरुको लागि आईपीओमा लगानी गर्नु राम्रो हो । धितोपत्र बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक बजार उपयुक्त बजार हो भन्दा पनि फरक नपर्ला ।
प्राथमिक शेयरमा लगानी गर्दा जोखिम कम हुन्छ भने लामो अवधिको लागि लगानी गर्ने लगानीकर्ताहरुको लागि प्राथमिक बजारमा लगानी गर्नु राम्रो हो। यसमा दोस्रो बजारमा जस्तो जोखिम हुँदैन। यस कारणले पनि पछिल्लो समयमा प्राथमिक शेयर याने आईपीओमा लगानी गर्नेहरुको भीड देखिने गरेको छ।
धितोपत्र बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक शेयरमा लगानी गर्दा जोखिम कम हुन्छ । यसमा दोस्रो बजारमा जस्तो जोखिम हुँदैन । प्राथमिक बजारबाट केही अनुभव लिई दोस्रो बजारमा प्रवेश गर्दा राम्रो हन्छ। शेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरु धेरैजसो प्राथमिक बजारमा मात्रै सीमित भइरहेका छन् भन्दा पनि फरक नहोला। प्राथमिक बजारका धेरैजसो लगानीकर्ताहरु दोस्रो बजारमा प्रवेश गरेको त्यति देखिँदैन। प्राथमिक बजारका लगानीकर्ताहरु लामो अवधिका लगानीकर्ता हुन्छन् र आफ्नो शेयरको उचित मूल्य पाएपछि शेयर बिक्री गर्ने गर्दछन्। अबको समयमा, अबको दिनमा प्राथमिक बजारका लगानीकर्ताहरु पनि दोस्रो बजारमा प्रवेश गर्नुपर्ने देखिन्छ।
शेयरबजार चल्ने भनेको दोस्रो बजारले हो। त्यसो त प्राथमिक बजारमा जोखिम कम हुन्छ भने दोस्रो बजारमा जोखिम पनि हुन्छ। प्राथमिक बजारका लगानीकर्ताहरु लामो अवधिका हुने भएकोले त्यति घाटा बेहोर्न पर्दैन भने दोस्रो बजारमा भने कहिले घाटा पनि हुन्छ त कहिले नाफा। यस कारणले पनि प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । प्राथमिक बजारका लगानीकर्ताहरु धेरैजसो साना लगानीकर्ताहरु नै हुन्छन्।
प्राथमिक बजारमा लगानी गर्दा जोखिम पनि त्यति नहुने भएकोले धेरैजसो साना र नयाँ लगानीकर्ताहरुको आकर्षण भएको कारणले पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरु ह्वात्तै बढेको हो भन्दा फरक नहोला । त्यसो त प्राथमिक बजारका लगानीकर्ताहरुको गन्तव्य भनेको पनि दोस्रो बजार नै हो ।
प्रतिक्रिया