सियोल ।
दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा १७७ जनाको मृत्यु भएको छ ।
दुई जना बाँचेकालाई विमानको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी रहेको कोरियाको आपत्तकालिन बिभागले जनाएको छ ।
जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा ६ विमान कर्मचारीसहित १८१ जना सवार थिए र थाइल्याण्डको बैंककबाट मुआन विमानस्थलमा आइपुगेको थियो। त्यही बेला विमान अनियन्त्रित भएर पर्खालमा ठोक्किन पुगेको थियो ।
उद्दार अधिकारीहरूका अनुसार भग्नावशेषमा शबहरू खोजी जारी राख्दा पीडितका परिवारहरू विमानस्थलमा भेला भएका छन् ।
अनलाइन फुटेजमा विमान रनवेबाट बाहिर निस्केको र भित्तामा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसमा एक्कासि आगो लागेको थियो ।
विमान कसरी दुर्घटना भयो भन्ने कुनै कारण पुष्टि भएको छैन, तर फायर सर्भिसले भने चराहरूसँगको टक्कर र खराब मौसमका कारण विमान रन वेवाट चिप्लिएको हुन सक्ने आंकलन गरेका छन् ।
प्रतिक्रिया