काठमाडौं ।
दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ। थाइल्यान्डको बैंककबाट उडेको जेजु एयरको बोइङ ७३७–८०० विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा आइतबार अवतरणका क्रममा दुर्घटनामा परेको हो।
विमानमा सवार १८१ जनामध्ये १२० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। दुर्घटनामा परी कम्तीमा १२० जनाको मृत्यु भएको र दुई जनालाई जीवितै फेला पारेको दक्षिण कोरियाको दमकल विभागले पुष्टि गरेको छ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोक दुर्घटनास्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ। चोईले त्यहाँ उद्धार कार्यमा सहयोग गर्न जनशक्ति, स्वास्थ्य सेवा र उपकरणलाई निर्देशन दिएको कार्यालयले जनाएको छ। सरकारले विपन्न परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने पनि उनले बताए ।
प्रतिक्रिया