काठमाडौँ।
प्रथम विश्व ध्यान दिवसका दिन ‘द आर्ट अफ लिभिङ फाउन्डेसन’का संस्थापक एवं आध्यात्मिक गुरु श्री श्री रवि शंकरले ध्यान गराएरै विभिन्न छ विधामा विश्व कीर्तिमान कायम गरेका छन् ।
संयुक्त राष्ट्र संघले विश्व ध्यान दिवस घोषणा गरेको २१ डिसेम्बरका दिन भएको ध्यान कार्यक्रममा उनले विश्व रेकर्ड राखेका हुन् ।
उक्त दिन बेलुका सबा ८ बजे (नेपाली समय अनुसार) श्री श्री रविशंकरले अमेरिकाको न्युयोर्कबाट विश्वव्यापी ध्यान सत्र सञ्चालन गरेका थिए ।
अनलाइन माध्यमबाट प्रत्यक्ष प्रशारण भएको उक्त ध्यान सत्रमा विश्वभरबाट करिब ८५ लाख जनाले सहभागिता जनाएका थिए ।
एकैपटक यत्तिका मानिसले सहभागिता जनाएको यो सत्रलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्व कीर्तिमानको मान्यता दिएको छ ।
यसैगरी सोही सत्रमा अरु पाँच वटा रेकर्ड समेत उनले राखेको द आर्ट अफ लिभिङ फाउण्डेशनले जनाएको छ ।
ती रेकर्डहरुमा १८० देशका नागरिकले एकैसमयमा ध्यानमा सहभागी भएको विश्व रेकर्ड, युट्युवमा २४ घण्टामा सिकाइएको ध्यान सम्बन्धी कार्यक्रमको भ्युज ।
युट्युवमै सबैभन्दा बढी लाइव दर्शक, अलनाइन ध्यान सत्रमा सबैभन्दा बढी सहभागी हुने दर्शक रहेको छ ।
यस्तै एक दिनमै भारतको सबै राज्यबाट सबैभन्दा बढी सहभागिता भएको संख्या लगायतका छन् ।
प्रतिक्रिया