काठमाडौं ।
भारतको पन्जाबमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
पन्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा दुर्घटना भएको हो ।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा घाइतेलाई मद्दत गर्न घटनास्थलमा पुगेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उद्धार कार्यमा आफ्नो टोली र विपद् व्यवस्थापन बलका कर्मचारी पठाएको थियो।
दुर्घटनामा दुई वर्षीया बालिकासहित आठ जनाको मृत्यु भएको भने घाइतेकाे अस्पतालमा पाँच जनाको र अन्य तीन जनाको सिभिल अस्पताल भटिंडामा मृत्यु भएको पुष्टि भएको छ।”
तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई पुलबाट तल नालीमा खसेको प्रहरीले जानकारी दिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।
प्रतिक्रिया