लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्यूनीकरणबारे सचेतना कार्यक्रम

940
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले शुक्रवार उदयपुरगढी गाउँपालिका वडा नं ७ हाडेवासमा लागु औषध सम्बन्धी तथा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरेको छ ।

उदयपुरगढी गाउँपालिका वडा नं ७का टोल विकास संस्थाका प्रतिनिधि तथा सदस्यहरू , वडाध्यक्ष भुवन केप्छाकी, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्की, स्थानीय सामाजिक अभियन्ताहरू, शिक्षक, विद्यार्थी तथा स्थानीय जनता लगायताको सहभागितामा भएको सो कार्यक्रममा ७० जनाभन्दा बढी मानिसहरूलाई आत्महत्या न्यूनीकरण र लागु औषध दुर्व्यसनीबाट हुने बेफाइदा, हानी, सामाजिक असर लगायतका बारेमा जानकारी दिइएको थियो ।

सो अवसरमा प्रहरी निरीक्षक सन्तोष कार्कीले लागु औषधको र आत्महत्या तथा न्यूनीकरण गर्न भएका अभियान र प्रयासका बारेमा सहभागीहरूलाई जानकारी दिँदै समाजमा रहेका विकृति विसङ्गति विरुद्ध स्थानीय नागरिक समाजले पनि अघि बढ्न पर्ने र प्रहरीले मात्र नियन्त्रण गर्न नसक्ने ब भएकोले स्थानीय नागरिक समाजबाट पनि सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।

उदयपुरगढी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष भुवन केप्छाकी मगरले यस्ता प्रकारका जनचेतना मूलक कार्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आफूले सक्दो सहयोग गर्ने  जानकारी दिँदै समाजमा व्याप्त विकृति विसङ्गति विरुद्ध वडावासी सबै एकजुट भएर लाग्नु पर्ने बताए ।