उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा जिल्ला उदयपुर, उदयपुरगढी गाउँपालिका वडा नं ७ हाडेबासमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगी, उदयपुरगढी गाँउपालिका वडा नं.७ का वडा अध्यक्ष भुवन केप्छाकी मगर, स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू तथा स्थानीय मानिसहरू गरी करिब ७० जनाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रहरी निरीक्षक सन्तोष कार्कीले उपस्थिति महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य र औचित्य बारेमा प्रकाश पार्दै जिल्ला प्रहरी कार्यालयद्वारा उदयपुर जिल्लामा शान्ति सुरक्षा स्थापनार्थ सम्पादित कार्यसम्पादन सम्बन्धमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उपस्थित उदयपुरगढी गाउँपालिकाका वडा नं ०७ का वडा अध्यक्ष भुवन केप्छाकी मगरले उदयपुर प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा वहन गरेको भूमिकाको प्रशंसा गर्दै प्रहरी कार्यमा स्थानीय निकायको सदैव साथ सहयोग रहने प्रतिवद्दता सहितको मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा यस कार्यालय प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र आमनागरिकमाझ पारदर्र्शी एवं सहभागिता अभिवृद्दि गरी प्रहरी र नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रमले प्रहरी सेवा प्रवाहलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सहयोग गर्ने बताउँदै उठान भएका सवालहरूको सम्बोधन सहित उपस्थिति महानुभाबहरुलाई धन्यवाद ज्ञापन गरी कार्यक्रमको समापन गर्नु भएको थियो ।
प्रतिक्रिया