रास्वपाद्वारा अनुशासन आयोगमा तीनजना नियुक्त


काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले अनुशासन आयोगमा तीन जनालाई नियुक्त गरेको छ । 

काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङ घर भएका अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरिएको हो ।

प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्ति अनुसार संगठन विभागमा लमजुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहाका विमल तिवारीलाई मनोनीत गरिएको छ ।