दुई दिनअघि मात्र टिकटकमा भावुक भिडिओ बनाएका धर्मको बाइक दुर्घटनामा मृत्यु

दुर्घटनाले गाउँनै शोकाकुल

166k
Shares

मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका धर्मबहादुर खत्रीले टिकटकमा यस्तो राखेका थिए । जो वास्तविकता परिणत हुन पुग्यो !‘एक दिन मेरो ठुलो एक्सिडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्‍याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ। तब तिमीलाई मेरो मायाको आभास हुनेछ र म सदाका लागि निदाउने छु । 

 उनले ’दुई दिनअघि मात्र आफ्नो टिकटक अकाउन्टमा यस्तै भिडिओ राखेका थिए– बाजुराको बडिमालिका नगरपालिका–७ निवासी ३० वर्षीय धर्म खत्रीले। दुर्भाग्य! उनै खत्रीको बिहीबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । 

     बडिमालिका नगरपालिका वडा नं. सात सुनकानाका ३० वर्षीय धर्मराज खत्रीको सडक दुर्घटना परि  विहीबार मृत्यु भएको खबरले यति वेला गाउँनै शोकाकुल  भएको छ। उनको मृत्युको खबरले जिल्ली माउलेख , सुनकाना, सिराडी, बुक्केखेती,रजातोली ,ढम्कने  र  सिंगो बडिमालिका नगरपालिका शोकमग्न भएको छ । गाउँको एक होनोहार  दक्ष स्वास्थ्यकर्मी समाजसेवीको अल्पायुमै भएको मृत्युले स्तब्ध भएका छन् । उनी  पेसाले  जनस्वास्थ्य निरीक्षक  (छैटौँ अधिकृत ) हुन् । गाउँका लक्ष्मी माविमा  एस एल सी गरेका एक सामान्य  परिवारले उनलाई एच ए पढायो । सानो उमेरमा बाबु बितेर टुहुरा बनेका धर्म औधी मेहनती र गाउँलेका प्रेरणाका श्रोत थिए ।

     उनी गाउँलेको सेवामा तल्ल्नि हुने एक उदाहरणीय युवा जनशक्ति थिए । गाउँका युवा विदेश पलायन भइरहेको वेला जनस्वास्थ्य अधिकृत धर्म भने गाउँले वयोवृद्ध दुःखी बिरामीका सहारा बनेका  थिए  ।  आफूसँग भएको   ज्ञान सिप र दक्षता गाउँमै लगानी गर्नुपर्छ भन्ने मान्यता उनीमा थियो ।  सरकारी नौकरीको सिलसिलामा पुुर्वको तेह्रथुमबाट हेल्थ असिस्टेन्टमा नाम निकालेका थिए। । उनले आफ्नै जन्मथलोमा सेवा गर्ने प्रण लिएर चार वर्ष यता बाजुरालाई नै कर्मथलो बनाए । गौमुलमा रहँदा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अशक्तका घर-घर पुगेर  प्राथमिक उपचार गर्थे ।  बाजुराका गौमुल गाउँपालिकाको विभिन्न सवास्थ्य चोकीमा रहेर काम गरे । 

  गत  दुुई वर्ष देखि आफ्नै जन्मभूमि  बडिमालिका नगरपालिकाको वडा न.सात सुनकाना गाउँमै रहेको स्वास्थ्य चौकी प्रमुखका रूपमा कार्यरत थिए ।  जनस्वास्थ्य निरीक्षक उनले पालिका स्तरी योजना होस्  वडाका स्वास्थ्य सेवा गतिविधिमा होस् सुदृढ स्वास्थ्यका लागि  टोलमा  निःशुल्क सचेतनामूलक कार्यक्रम गर्थे । , बूढाबूढीको निःशुल्क उपचार, चुथीमा टेलिमेडिसियन केन्द्र सञ्चालन गरेर गाउँमै  सयौँ  बिरामीको उपचार गरेका थिए। छोटो समयमा उनले गरेको योगदान अविस्मरणीय रह्यो । उनको स्वस्थ गाउँले र  सफा सुन्दर गाउँ बनाउने सपना अधुरै रह्यो बडिमाकिमालिका नगरपालिका वडा नं सातका वडाध्यक्ष धर्मराज उपाध्यायले भने । 

    जिल्ला स्तरीय स्वास्थ्य योजना हुन् उनले बाजुराको सवास्थ्य अवस्था सुदृढ गर्न दुर्गमको डाक्टर दक्ष जनशक्तीका स्रुपमा परिचित थिए ।  जिल्लाको एक दक्ष जनशक्ति होनहार युवा गुमाउनुपर्दा अपूरणीय क्षेत्री भएको छ  जिल्ला जनस्वास्थ्य अधिकृत महेश चन्दले आफ्नो सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् । नेपाल सरको एक दक्ष जनस्वास्थ्य निरीक्षकका  रूपमा काम गर्दै  चुथी स्वास्थ्य चौकीमा कार्यरत खत्रीले आफ्नै वडामा स्वास्थ्य सेवा सुधारका विभिन्न  कार्य योजना सहित  गाउँ लेर्ला  सुलभ स्वास्थ्य सेवा दिई रहेका थिए । गाउँको एक युवाबक गाउँमै  जनस्वास्थ्य निरीक्षक को रूपमा काम गरिरहँदा गाउँले दुःख विरामी पर्दा खेरी घरघरमा पुगेर उपचार गर्दथे  

 स्वास्थ्यकर्मी धर्म खत्रीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु भएको हो। बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। सो दुर्घटनामा बाजुराको बढी मालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए। 

प्रहरीका अनुसार उनी केही दिन अगाडि मात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए। यस्तै खत्रीले चलाएको मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय शर्मिला थापा घाइते भएकी छिन्। धनगढी उपमहानगरपालिका बस्ने पुरन शाहले चलाएको सुदूरपश्चिम प्रदेश ०१२ प ९४१६ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो।

      दैवको लीला भनौँ उनी सानै हुँदा बुवा जंगवहादुर खत्रीको  अल्पायुमै मृत्युभयो । बजौँ देख्नै पाएनन्  ।आमाको दाहिने पाखुरा काटिएर अपाङ्ग र एकल जीवन बेतित् गरिरहेकी छिन् । एक हाको सहकारामा उनले  टुहुरो छोराको पालनपोषण र पढाई लेखाइ गराई सरकारी जागिरमा प्रवेश गराइन् अन्ततः धर्मले आमा लालीलाई मात्र हैन साह्रा गाउँलेलाई रुवाएर गए उनका कान्छ बुवा रामबहादुर खत्रीले भने ।

पाँच दिन अगाडि तालिमको सिलसिलामा धनगढीमा गएका खत्री ७ वर्ष अगाडी स्वास्थ्य समूहको तर्फबाट सरकारी सेवामा प्रवेश गरेका थिए । अत्यन्त लगनशील धर्मले कलिलो उमेरमा सरकारी जागिरमा प्रवेश गरेका थिए ।