रंगेहात पक्राउ परेका ट्राफिक प्रहरी प्रमुखविरूद्ध मुद्दा


काठमाडौं ।

 रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे । बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुससहित रंगेहात पक्राउ गरेको थियो।

बुढाथोकीलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ।