सिद्धार्थ बैंकका प्रबन्धक पक्राउ

जनकपुर शाखाका प्रबन्धक अरन बलम्पाकी प्रहरीकाे नियन्त्रणमा


काठमाडौं ।

सिद्धार्थ बैंकका जनकपुरको मिल्स एरियास्थित शाखा प्रबन्धक अरन बलम्पाकीलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकुर उपमहानगरपालिका- ८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै पक्राउ गरेको हो ।

ॠणी कुर्मीले केही वर्षअघि ॠण लिँदा धितोबापत राखेको जनकपुर-८ कै साढे ८ धुर जग्गा बलम्पाकीले जानकारी बिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ ।

खण्डन सम्प्रेषण सम्बन्धमा

सिद्धार्थ बैंकको जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ नपरेको बैंकले दाबी गरेका छ ।
एक विज्ञप्ती जारी गर्दै कर्जा असुली प्रक्रियामा अनियमितता नभएको र बैंकका प्रवन्धक पक्राउ परेको भनि आएको समाचारको खण्डन गरको छ ।

यस्ताे छ बैंककाे खण्डन