काठमाडौं ।
तेन्जिङ नोर्गे शेर्पा खुल्ला क्लाइम्बिङ प्रतियोगिताको दोस्रो संस्करण आगामी माघ १६ र १७ गते आयोजना हुने भएको छ। उक्त प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एसोसिएसन र नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो।
यूएस नेपाल क्लाइम्बर एसोसिएसनका संस्थापक अध्यक्ष सेराप जांग्बु शेर्पाका अनुसार पर्वतारोहण खेल प्रवद्र्धन गर्न उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाको नाममा प्रतियोगिता आयोजना शुरु गरेको हो। उनले यस क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।
दुई दिनसम्म प्रतियोगितामा पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल हुनेछ । १२ वर्ष माथिका प्रतिस्पर्धीहरुले मात्रै सहभागि जनाउने प्रतियोगितामा खेल्न ५ सय तिर्नुपर्ने शेर्पाले जनाए।
प्रतियोगितामा पुरुषतर्फ ४० देखि ४५ तथा महिलातर्फ २० देखि २५ जनाले सहभागिता गराउने आयोजकले जनायो । पहिलो हुने दुबै विधाका प्रतिस्पर्धीले समान ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३५ र १५ हजार नगद प्रदान गरिनेछ।
प्रतिक्रिया