एमालेले विन्दा र उषाकिरणलाई जिम्मेवारीबाट हटायाे


काठमाडौं ।


पार्टी कार्यालय बनाउन दान लिएको बारे आलोचनात्मक धारणा राखेका २ नेताहरुलाई एमालेले जिम्मेवारीबाट हटाएकाे छ ।

बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको हाे ।

उनीहरुले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै बिन्दा पाण्डे र उषाकिरण तिमिल्सेनाको जिम्मेवारी ६ महिनाका लागि हटाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।