सुनसरी ।
हरिनगर गाउँपालिका-७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिव १ सय ७ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका-२ बस्ने २० वर्षीय आलम अन्सारी र ४४ वर्षीय मन्जुल मिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको संयुक्त टोलीले देवानगंजबाट घुस्किहाटतर्फ जाँदै गरेको को.१ ह २२६१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा ४ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी अटो चालक आलम र सहचालक मन्जुललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया