काठमाडौं ।
काठमाडौं उपत्यकामा यतिखेर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो यस वर्षको पहिलो हिउँदे वर्षा हो ।
अहिले काठमाडौंमा सिमसिम पानी परिरहेको छ, कार्यालयवाट निस्कन लागेकाहरु कतिपय स्थानमा पानीका कारण रोकिन पुगेका छन् । पश्चिमी वायुको प्रभावले पानी परेको मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार साँझ बर्षा भएसँगै काठमाडौं उपत्यकामा चिसो बढ्न सुरु गरेको छ ।
प्रतिक्रिया