काठमाडौं ।
भक्तपुरको बालकोटमा बुबा र भाइकाे हत्या गरेका मिलन आचार्यले अर्काे रहस्य बताएका छन् । मंगलबार महाराजगञ्ज प्रहरीसँग बयानकाे क्रममा मिलनले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् ।
गत दशैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ । महाराजगञ्ज प्रहरी वृत्तमा आज विहान आत्मसमर्पण गरेपछि उनले यस्तो बयान दिएका हुन् ।
हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ उनले प्रहरीको प्रारम्भिक सोधपुछमा भनेका छन् ।
प्रतिक्रिया