काठमाडौँ।
काभ्रेको धुलिखेलमा रहेको होटल सारथीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । होटल सारथि प्रालिको दशौं वार्षिक साधारण सभाले आइपिओ जारी गर्नेसहितका निर्णय गरेको छ ।
होटलका संस्थापक एवम् कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेलको अध्यक्षता र ९५ प्रतिशत शेयरधनी सदस्यहरुको उपस्थितिमा सम्पन्न साधारण सभाले बिगत बर्षहरुको प्रगति समीक्षा गर्नुका साथै चालु आर्थिक बर्षको बजेट योजना तथा कार्यक्रम एवम् आगामी पाँच बर्षको ब्यवसायिक योजना समेत स्वीकृत गरेको ब्यहोरा अध्यक्ष प्याकुरेलले जानकारी दिए ।
छोटो समयमा हस्पिटालिटीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै पूर्वाधार एवम् सेवा सुविधाका हिसाबले काभ्रेपलाञ्चोक जिल्लाकै अग्रणी होटलको रुपमा स्थापित गराउन सफल ब्यवसायी प्याकुरेलले सारथि ब्राण्डको ब्यवसाय बिस्तारसँगै यसबाट बढी भन्दाबढि ब्यक्तिहरुलाई लाभान्वित गराउने उद्देश्यले पब्लिक कम्पनिमा रुपान्तरण गर्दै स्थानीय एवम् सर्बसाधारणका लागि समेत कम्पनीको शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी समेत उनले दिए ।
धारणसभामा कम्पनीका शेयरधनीहरुले सुरक्षित लगानीको सुनिश्चतता सहित यति छोटो समयममा ब्राण्डलाई बजारमा चिनाउन खेलेको भूमिकाप्रति खुशी र उत्साहित बनाएको धारणा व्यक्त गर्दै व्यवस्थापन टिमप्रति आभारी रहेको कुरा बताए । यस्तै होटलका जनरल मेनेजर ध्रुब शर्माले धुलिखेलकै उत्कृष्ट लोकेसन, पर्याप्त पूर्वाधार तथा सेवा सुविधा, बेस्ट सर्भिस, स्वस्थ एवम् स्वादिष्ट परिकारहरुका कारण बजारमा विशेष छाप छाड्न सफल यस होटलले आफ्ना सेवासुविधालाई अझै ब्यवस्थित र ग्राहकको चाहना बमोजिम परिमार्जित गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
करिब २०० ब्यक्तिलाई आतिथ्यता प्रदान गर्ने क्षमता रहेको यस होटलमा ईन्फिनिटी स्विमिङपुल, स्पा, जिम सुविधा रहेको छ । सारथि होटलमा ८० कोठा, ४ सय जना अट्ने सभा हलसमेत रहेको छ । सारथि समूहले सारथि होटलका साथै सारथि होलिडेज, सारथि मार्ट, सारथि बहुउद्देश्यीय सहकारी र यहि पुस १७ गतेबाट सौराहामा सारथि जंगल रिसोर्ट सन्चालन गर्ने तयारी गरेको कार्यकारी अध्यक्ष प्याकुरेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया