काठमाडौं ।
नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा सम्पन्न भएको नेपाल जेसिजको ५१ औं महाधिवेशनबाट थापा विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को फराकिलो मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् ।
महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति हुन नसके पछि निर्वाचन भएको थियो । अध्यक्षको लागि थापा र कार्की सहित रश्मि शिल्पकार, विजय गुरुङ, नरेश चन्द्र ओझा र सुनिल तिम्सिना प्रतिस्पर्धामा आकाङ्क्षी थिए । अध्यक्ष पदमा ५ जना आकाङ्क्षी भए पनि गए राति २ जनाका बीचमा चुनावी प्रतिस्पर्धा भएको हो । थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ४५३ मत मात्र प्राप्त गरे ।
कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, सङ्गम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनि प्रसाद अर्याल विजयी भएका छन् ।
प्रतिक्रिया