नुवाकोट।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले नुवाकोटमा दुई वटा पुलको शिल्यानाश गरेका छन् ।
नुवाकोटको बेलकोटगढी , लिँखु र ककनी गाँउपालिकाको संगम स्थल समेत रहेको सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल र कटरबोटे सिन्धुरे खोला जोड्ने सडक पुलको एकैपल्ट शिल्यानाश भएको हो ।
पूर्वाधार विकास कार्यालय नुवाकोटद्वारा निमार्ण हुने कटरबोटे सिन्धुरे खोला पुल २०८२ साल असोज १९ गते निमार्ण सम्पन्न हुने लक्ष्य राखीएको यो पुल रु ५,८६,२३,८१८.९७ (अक्षरुपी पाँच करोड छयासी लाख तेहीस हजार आठ सय अठार ) रुपैयामा २५.६ मिटर लम्बाई र ८.४ मिटर चौडाई हनेछ । ८,४६,४२,४७४ (अक्षररुपी आठ करोड छयालीस लाख बयालीस हजार चार सय चौरहत्तर ) रुपैयाँ लागतमा निमार्ण हुने सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल २०८२ असोज २० गते सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
यो पुलको लम्बाई ४१.४ मिटर एवं चौडाई ८.४ मिटर हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ । पुल उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले पर्यटकीय महत्व एवं कृषि क्षेत्रको हव रहेको सो स्थानमा सडक निर्माणमा प्राथमिकता दिने बताए ।
अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक एवं पुलको स्तरोन्नति गर्दे सम्बृदी र विकाशको सम्वाहक सडकलाई मन्त्रालयले विषेश प्राथमिकतामा राखी काम गर्दे आएको मन्त्रि ईन्जिनियर मास्केले बताए ।
उनले भने , भौतिक पूर्वाधार विकास मन्त्रालय ट्रष्ट , टिम वर्क र टा«न्सपेरेन्सी गरि ३ स को मान्यताअनुरुप जनताको
विकाशको अनुभुतीहुने गरि काम गरिरहेको छ । नुवाकोटमा मुख्यमन्त्री बहादुरसींह लामा संगको समन्वयमा आवश्यकता र औचीत्यता अनुरुप बनेट विनियोजन भई बिभिन्न पूर्वाधारको काम भैरहेको मन्त्रि मास्केको भनाई छ ।
यस्तै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले रसुवामा पूर्वाधार विकास कार्यालय रसुवाको कार्यालय उद्घाटन गरेका थिए भने गोसाईकुण्ड गाँउपालिका द्वारा स्याफ्रुवेसीमा आयोजना गरिएको “ पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता “ को समापन समारोहमा पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया