इस्लामवाद ।
पाकिस्तानमा एक आतङ्कवादी हमलामा १६ सैनिकको मृत्यु भएको छ। पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको सेनाको चौकीमा शनिबार आतङ्ककारीहरूले आक्रमणमा परी १६ पाकिस्तानी सैनिक मारिएका हुन।
सो हमलामा परी थप ५ सैनिक गम्भीर घाइते भएका छन् । घटना अफगानिस्तान सीमाबाट ४० किलोमिटर टाढा माकिनमा भएको हो।
पाकिस्तानी सेनाका एक अधिकारीका अनुसार ३० भन्दा बढी आतङ्ककारीले सेनाको चौकीमा करिब २ घण्टा हमला गरेका थिए । सो क्रममा आतङ्ककारीहरूले पोस्टमा रहेको ताररहित उपकरण र कागजातहरू सहित धेरै चीजहरूमा आगो लगाएका थिए भने यसपछि सबै जना घटनास्थलबाट भागेका थिए।
आक्रमणपछि उक्त क्षेत्रको घेराबन्दी सुरु गरिएको छ । घटनास्थल नजिकै आतंकवादीहरुको खोजी भइरहेको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । यस घटनाको जिम्मा तेहरिक ए तालिबान पाकिस्तान अर्थात् टीटीपीले लिएको छ।
आतंकवादीहरूले सैन्य पोस्टमा आक्रमणलाई आफ्ना वरिष्ठ कमान्डरहरूको शहीदको बदलाको रूपमा वर्णन गरेका छन्। समाचार अनुसार आक्रमणको क्रममा आतङ्ककारीहरूले मेसिन गन, नाइट भिजन टेक्नोलोजीलगायत धेरै महत्त्वपूर्ण सैन्य उपकरणहरू लुटेर लगेका छन्।
गत डिसेम्बर १८ मा पाकिस्तानी सेनाले पाकिस्तानको खैबर पख्तुनख्वामा तीन अलग अलग अपरेसनहरू गरेको थियो, जसमा उसले ११ आतङ्कवादी मारेको दाबी गरेको थियो।
प्रतिक्रिया