काठमाडौं ।
नर्भिक इन्टरनेश्नल अस्पतालले महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२४’ को उपाधि जितेको छ। शनिबार काठमाडौंमा भएको फाईनलमा ओम समाज डेन्टल हस्पिटललाई हराउँदै नर्भिक च्याम्पियन बनेको हो।
नर्भिकले एभरेष्ट अस्पताल र ओमले ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई हराएर उपाधि भिडन्त पक्का गरेका थिए। उपाधि सहित नर्भिकले ३० हजार रुपैयाँ प्राप्त गर्यो।
उपविजेता ओमले २० हजार रुपैयाँमा चित्त बुझायो। विजेता टिमलाई महिला स्वास्थ्य तथा राइट पाथ बिजेनेशका प्रमुख कार्यकारी निर्देशक बसन्त शर्माले ट्रफी, मेडल सहित पुरस्कृत गरेका थिए।
‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटाहस्पिटल सहभागी थिए। स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थालाई जोड्ने उद्धेश्यले महिला स्वास्थ्य डट कमले हरेक वर्ष फुटसल प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतिक्रिया