जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम


काठमाडौँ ।

काठमाडौं ।

नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनल खेलमा जनकपुरविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टियू खेल मैदानमा टस जितेर कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले ब्याटिङ रोजेका हुन् ।

टसका क्रममा ऐरीले पिच ब्याटिङका लागि राम्रो हुने अनुमान गरेका छन् । १६० रनसम्म रन बनाउने आफूहरुको लक्ष्य रहेको उनले अनुमान गरे ।

त्यस्तै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले आफूहरुले टस जितेको भए ब्याटिङ नै रोज्ने बताए । उनले १७० रनभन्दा कमको स्कोर पछ्याउन सकिने आत्मविश्वास व्यक्त गरे । आजको खेल रोमाञ्चक हुने उनको भनाई थियो ।

उपाधि विजेताले ट्रफीसहित एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् ।