पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिकामा शुक्रबार दिउँसो बिस्फोटक पदार्थ बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् पाल्पाको तिनाउ गाउँपालिका बुढाचटक २ बस्ने मदन सोमैको घर पछाडि बिस्फोटक पदार्थ बिस्फोट हुँदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
सोमैको घर पछाडि आगनमा सलाईको काँटीबाट माछा मार्नको लागि बिप्फोटक पदार्थ बनाउने क्रममा अचानक बिस्फोट हुँदा तीन जना घाइते भएका थिए । घाइते हुनेमा तिनाउ गाउँपालिका -२ बुढाचक बस्ने सुरज सोमैसहित रुपन्देही तिलोत्तमा नगरपालिका ४ डिङ्गानगर घर भई बिहीबार साँझ मदन बहादुर सोमैको घरमा आएका २१ वर्षीय कोशिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहनुभएको छ ।
घाइतेहरुलाई उपचारको लागि बुटवल हस्प्टिल प्रा।लि। रुपन्देही पठाएकोमा २८ वर्षीय सुरज सोमैको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते कोशिस भुजेलको अवस्था गम्भीर रहेको र कुशल भुजेलको अवस्थामा सामान्य रहेको छ ।
प्रतिक्रिया