नेपालमा फेरि भेटिए मंकिपक्सको बिरामी, टेकु अस्पतालमा उपचार हुँदै


काठमाडौँ।

नेपालमा एक जनामा मंकिक्स पुष्टि भएको छ । भर्खरै साउदी अरेबियाबाट नेपाल आएका करिब ३५ वर्षीय युवामा पुष्टि भएको हो।

ती युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। यसअघि २०८० साल असारमा विदेशबाट आएकी एकजना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो। नेपालीलाई मंकिक्स देखिएको यो पहिलो घटना हो।