त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण लागि बोलपत्र आह्वान


काठमाडौं ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्न र फ्लड लाइट जडान गर्न फेरि बोलपत्र आह्वान भएको छ।

शुक्रबार शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि बोलपत्र आह्वान गरेको हो।

प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ। बोलपत्र पेश गर्न २०–१० हजार रुपैयाँ लाग्ने छ। बोलपत्र पेश गर्ने म्याद आगामी माघ ६ गते दिउँसो १२:३० बजेसम्म छ।

सोही दिन दिउँसो साढे १ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ। यसअघि फ्लड लाइट जडानका लागि आह्वान गरिएका बोलपत्र दुई पटक रद्द भएका थिए।