क्रिकेटमा आउट हुने तरिका धेरै छन् । क्रिकेटमा ब्याटरलाई बलिङबाट आउट गर्न विपक्षी टोलीको प्रयास हुन्छ । ब्याटर कुनै न कुनै तरिकाले आउट हुने गर्छ । क्रिकेट खेलमा नो बलमा आउट हुँदैन तर, नो बलमै रनआउट भने गर्न सकिन्छ ।
क्रिकेटमा आउट हुने विभिन्न कारणहरू
बोल्ड आउट: बलरले बलिङ गर्दा बलले ब्याटरको स्टम्पमा छोएर गिल्ली अलग भएमा बोल्ड आउट भनिन्छ । गिल्ली तीन वटा स्टम्पमाथि राखिएको हुन्छ ।
एलबीडब्ल्यू आउट (लेग बिफोर विकेट): बलरले बलिङ गर्दा बलले ब्याटरको खुट्टामा सिधै लागेमा एलबीडब्ल्यू आउट हुन्छ । पहिले फिल्ड अम्पायरले आउटको निर्णय गर्थे । तर, आजभोलि रिभ्युबाट आउटको निर्णय गरिन्छ । बलले खुट्टामा लाग्दा त्यो बलले स्टम्पमा निशाना लागेमा आउट, स्टम्पभन्दा बाहिर बलले संकेत गरेमा आउट हुँदैन ।
क्याच आउट: बलरले बलिङ गर्दा ब्याटरले प्रहार गरेको बल भुईँमा नछोइ फिल्डरले बल समात्छ भने त्यो क्याच आउट हुन्छ ।
स्टम्पिङ आउट: बलरले बलिङ गर्दा ब्याटरले कहिलेकाहीँ लाइन छाडेर खेल्छन् । लाइन भन्दा अगाडि आएर प्रहार गर्दा बललाई छुन सकिँदैन र विकेटकिपरले स्टम्पका गिल्ली निकालिदिएमा स्टम्पिङ आउट हुन्छ ।
हित विकेट आउट: हित विकेट आउट भनेको ब्याटरले बल प्रहार गर्दा आफैँले विकेटमा छोएर गिल्ली अलग गर्नु हो । यस प्रकारको आउट कहिलेकाहीँ मात्रै हुने गर्छ ।
रन आउट: दुबै ब्याटरले रनको लागि दौडिँदा विपक्षी खेलाडीले बलले स्टम्प धाल्दा ब्याटर क्रिजमा पुग्न सकिँदैन भने त्यसलाई रनआउट भनिन्छ ।
मांकडिग आउट: यदि बलरले बलिङ गर्ने क्रममा बलरसँगैंका ब्याटर क्रिजबाट बाहिर छन् भने बलरले बलिङ नगरी ती ब्याटरलाई आउट गर्न सक्छ । यसलाई मांकडिग आउट भनिन्छ ।
फिल्डमा बाधा गरेमा आउट: यदि फिल्डरले फ्यालेको बल ब्याटरले समाउने वा शरीरले रोकेमा ती ब्याटरलाई फिल्डिङ गर्न बाधा तुल्याएको भन्दै आउट गर्न सकिन्छ ।
टाइम आउट: यदि कोही ब्याटर समयअवधिमा क्रिजमा आएर ब्याटिङ नगरेमा ती ब्याटर समय सकिएको आधारमा टाइम आउट हुन्छन् । टेस्ट र एकदिवसीयमा ३ मिनेट तथा टी २० मा दुई मिनेटभित्र क्रिजमा आएर ब्याटिङ गर्नुपर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया