क्रिकेट निकै लोकप्रिय खेलको रूपमा विकसित भइरहेको छ । विश्वमा क्रिकेट खेल्ने देश कम भए तापनि भारत, अस्टे«लिया, इंग्ल्यान्ड र नेपालमा यसको क्रेज ज्यादै छ । नेपालमा पछिल्लो एक दशकदेखि क्रिकेट लोकप्रिय बन्दै गइरहेको छ । हालै नेपाल प्रिमियर लिगमा ओइरिएका हजारौं दर्शकको भीडले पनि नेपालमा क्रिकेटको क्रेज रहेको पुष्टि गरेको छ ।
क्रिकेट बलबारे केही जानकारी
—क्रिकेटमा कडा बल प्रयोग हुन्छ । काग (कर्क) र छालाबाट यो बल तयार गरिन्छ । शुरूमा क्रिकेट बल भने ऊन र छालाबाट बनाइएको थियो । यो भारी भएको हुँदा खेल्न पनि कठिन भएको थियो ।
–यसको वजन १५५.९ ग्राम र १६३ ग्रामबीचको हुन्छ । पुरुष क्रिकेटको लागि त्यति ग्रामकै बल प्रयोगमा ल्याइएको छ । यसको परिधि २२.४ र २२.९ सेन्टिमिटरको हुन्छ । महिला तथा युवाका लागि यसभन्दा सानो गोलाईको प्रयोग हुन्छ ।
—खेलअनुसार क्रिकेट बलको रङ्ग फरक हुन्छ । टेस्ट क्रिकेट र प्रायजसो घरेलु खेलमा रातो रङ्गको बल प्रयोग गरिन्छ । एकदिवसीय क्रिकेटका लागि सेतो र प्रशिक्षण गर्नको लागि भने टेनिस बल पनि प्रयोग गरिएको देखिन्छ ।
क्रिकेट बलका तीन मुख्य उत्पादक
कूकाबुरा: सन् १८९० मा स्थापना भएदेखि कूकाबुरा कम्पनीले हालसम्म क्रिकेट बल उत्पादन गरिरहेको छ । यो ब्रान्डको बल विश्वमा सबैभन्दा राम्रो मानिन्छ । त्यसैले टेस्ट, एकदिवसीय र टी २० क्रिकेटमा यही बल प्रयोग गरिँदै आएको छ । यस कम्पनीले क्रिकेटको अन्य सामग्री पनि निर्माण गर्दै आएको छ ।
ड्युक बाल्स: सन् १७६० मा स्थापना भएको ड्युक बाल्सको क्रिकेट बल कूकाबुराको तुलनामा गाढा रङ्गको हुन्छ । यो बल हातले बनाइएको हुन्छ । यो बल धेरै जसो सिमर्स बलर (तीब्रगतिका बलर) का लागि सहयोगी हुन्छ । ड्युक बल इंग्ल्यान्डमा बढी प्रयोग भएको देखिन्छ ।
एसजी बाल्स: एसजीको पूरा नाम सन्सपेरिल्स ग्रीनलेन्ड्स हो । सन्सपेरिन्स कम्पनीको स्थापना सन् १९३१ मा भएको थियो । यो बल पनि हातले नै बनाइन्छ । यो बल भारतमा सन् १९९१ देखि निरन्तर प्रयोगमा ल्याइएको छ । तर, धेरैजसो भारतीय खेलाडीलाई उनीहरूकै देशमा बनेको बल मनपर्दैन । जस्तै, विराट कोहलीले ड्युक बलबाट खेल्न मन पराउँछन् ।
प्रतिक्रिया