सुर्खेत ।
पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जिवित्तै उद्धार गरिएको छ ।
परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदी माथी रहेको पुलबाट बुढा खस्नुभएको थियो ।
बुधबार बेलुकी साडे ६ बजे नदीमा खस्नु भएकी बुढालाई सशस्त्र प्रहरी वलको विपद व्यवस्थापन वेश चिप्लेबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर परियारको नेतृत्वमा खटिएको टिमले दुई मिनेटमै सकुशल उद्धार गरेको मेला सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिए ।
हाल मेहलकुना स्थित अस्पतालमा उपचारी जारी रहेकी बुढाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको मल्लले जानकारी दिए । सशस्त्र प्रहरीले पुल नजिकै भेरी नदीको किनारमा क्याम्प बनाएर मेलामा आउने स्थानीयबासीलाई सुरक्षा दिइरहेको छ । भेरी नदीको किनारमा चिसो भएपनि सुरक्षालाई ध्यान दिदै क्याम्प नै राखेर बसेको मल्लले बताए ।
प्रतिक्रिया