काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान् रेशम चौधरी जेलमा भएका बेला साङ्लाले खुट्टा बाधेको फोटो सामाजिक सञ्जालमा राखेर स्ट्याटस लेखेकी छन् ।
प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर यतिखेर भाइरल भएपछि उनले श्रीमान् काे फोटो सामाजिक सञ्जालमा राख्दै आफूहरूमाथि विभेद भएको गुनासो गरेकी हुन् ।
रञ्जिताले आफ्ना श्रीमान् पनि त्यो बेला सांसद नै भएको बताउँदै लेखेकी छन्, ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जन निर्वाचित सांसद नै हुनुहुन्थ्यो ।’
उनले लेखेकी छन्- ‘अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा पूर्व गृहमन्त्री माननीय रवि ज्यूको फोटो भाइरल भइरहेको अवस्थामा हामीमाथि चाही विभेद भएकै हो जस्तो महसुस भयो ॥ हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय वहाँ पनि जन निर्वाचित सांसद नै हुनुहुन्थ्यो॥
प्रतिक्रिया