राष्ट्रिय सहमती विना संविधान संसोधन गर्न सकिदैन : राजेन्द्र गौतम

1.13k
Shares

सिन्धुली ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सहमती नबने सम्म सविधान संसोधन गर्न नसकिने बताएका छन् । एमाले र काग्रेसले संविधान संसोधन सहितको ७ बुँदे सम्झौता गरेर नयाँ सरकार बनाएको भए पनि राष्ट्रिय सहमती विना अहिले नै संविधान संसोधन गर्न नसकिने बताएका हुन् ।

नेकपा एमाले सिन्धुलीको जिल्ला कमिटि बैठकमा सहभागी हुन सिन्धुली आईपुगेका भएका गौतमले पत्रकारहरुसँगको भेटगाटको क्रममा माओवादी केन्द्रले सहमती नजनाए सम्म वर्तमान सरकारले संविधान संसोधन गर्न नसक्ने बताए ।

संविधान संसोधनको लागि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा बहुमत चाहिने तर अहिले गठबन्धनको प्रतिनिधिसभामा मात्रै बहुमत पुग्ने भएकाले तत्काल संसोधन गर्ने पक्षमा सरकार नरहेको उनको भनाई छ ।‘संविधान संसोधन गर्ने गरी वर्तमान सरकार बनेको त हो । तर अहिले प्रतिनिधिसभामा मात्रै बहुमत पुग्छ ।

राष्ट्रिय सभामा गठबन्धनको बहुमत पुग्दैन । यस्तो अवस्थामा संसोधन गर्न सकिदैन । केही समय पछि केही राष्ट्रियसभा सदस्यहरुको पदावधी सकिदैछ । त्यहाँ हाम्रा सांसदहरुलाई प्रवेश गराएपछि बहुमत पुग्ने अवस्था हुन्छ ।’

उनले भने। उनले सरकारले अनुमान गरेको राजस्व संकलन गर्न नसक्दा अपेक्षित विकास निर्माण र परिवर्तन गर्न कठिन रहेको बताए ।