एनपीएल : जनकपुरका ३ खेलाडी भए आउट

1.88k
Shares

काठमाडौं ।

जनकपुरका तीन खेलाडी प्ले पावरमा आउट भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पछयाएको जनकपुरका ३ खेलाडी ११ रनमा नै आउट भएका हुन् । 

जनकपुरका ओपनर आसिफ शेख ४ रनमा आउट भएका हुन्, जसलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका हुन् भने सो अघि ओपनर शुभ कंशकार आउट भएका थिए ।  

ओपनर शुभ कंसाकार ६ बलमा ३ रन जोडेर आउट हुँदा कप्तान आशिफ शेख ४ रन तथा लाहिरु मिलान्था २ रन मै समेटिए । जनकपुरकाे खराब ब्याटिङका कारण खेल कर्णालीकाे पाेल्टामा जाने अनुमान सुरू भएकाे छ र यो खेलमा बिजेता टोली शनिवार सुदुरपश्चिमसँग फाइनल खेल खेल्नेछ ।