एजेन्सी ।
भारतीय क्रिकेट टोलीका दायाँ हाते अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने सूचीमा सातौं स्थानमा रहेका अश्विनले ५ सय ३७ विकेट लिएका छन्।
१ सय ६ टेस्ट खेलेका उनी अनिल कुम्बले (६१९ विकेट) पछि सर्वाधिक टेस्ट विकेट लिने दोस्रो भारतीय बलर हुन्।
बुधबार भारत र अस्टे«लियाबीचको तेस्रो टेस्ट बराबरीमा सकिएसँगैं अश्विनले क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए। उनले ब्रिसबेनको गाबा मैदानमा बताए-भारतीय क्रिकेटरको रूपमा सबै फरम्याटको अन्तर्राष्ट्रिय क्रिकेटमा अन्तिम दिन हुनेछ। क्रिकेटरको रूपमा खेल छाड्नु पर्दा मलाई केही असहज महसुस भएपनि क्लबस्तरीय क्रिकेटमा हुनेछु।
अश्विनले गत वर्ष २०२३ अक्टोबर ८ मा एकदिवसीय अन्तर्राष्ट्रिय करिअरबाट संन्यास लिएका थिए। यस्तै, उनले टी २० अन्तराष्ट्रिय करिअरबाट १० नोभेम्बर २०२२ मा संन्यास लिएका थिए।
अश्विनको क्रिकेट करियर
—टेस्टमा सन् २०११ मा डेब्यु गरेको ।
—१०६ टेस्ट क्रिकेट खेलमा ५३७ विकेट लिएको ।
—बलर भएपनि टेस्टमा ६ शतक र १४ अर्धशतक प्रहार गरेको ।
—११६ एकदिवसीय खेलमा १५६ विकेट लिएको ।
—६५ टी २० खेलमा ७२ विकेट लिएको ।
—सन् २०११ मा ५० ओभरको विश्वकप भारतले जित्दा टोलीबाट २ खेल मात्रै खेलेको ।
—टेस्टमा ३७ पटक पाँच विकेट लिएको ।
—भारतीय प्रिमियर लिग (आईपीएल) मा १८० विकेट लिएको ।
—आईपीएलमा सन् २००८ को पहिलो संस्करणदेखि खेलिरहेको ।
प्रतिक्रिया