नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिमा दुई सदस्य नियुक्त


काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा लक्ष्मण केसी र बलबहादुर पराजुली नियुक्त भएका छन्।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धादिङ गंगाजमुना गाउँपालिका–५ का केसी र संखुवासभाका मकालु गाउँपालिका–३ का पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुका कार्यकाल चार वर्षको हुनेछ ।