सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु


काठमाडौं ।
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली, धनगढी उपमहानगरपालिका-४ त्रिभुवन चोकस्थित सडकमा बा.०६-००४ प १६७७ नम्बरको मोटरसाइकल भे.१ ज १३२६ नम्बरको गाडीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चुरे गाउँपालिका-१ बस्ने ३० वर्षीय बाल कृष्ण कँडेलको मृत्यु भएको छ ।

दुर्घनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल से।६ प ८७७७ नम्बरको स्कुटरसँग ठोक्किएर रोकी राखेको उक्त गाडीसँग समेत ठक्कर खाई दुर्घटना भएको थियो । गाडी चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


दाङ, तुलसीपुर उपमहानगरपालिका-७ हात्तीखौवास्थित सडकमा रा.१ च १३०० नम्बरको भ्यान र रा.७ प ११३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार लमही नगरपालिका-५ बस्ने ५० वर्षीया लिला भुसालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सुनसरी, इटहरी उपमहानगरपालिका-१३ काली मन्दिरस्थित सडकमा प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्र।१-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाकल चालक मोरङ रंगेली नगरपालिका-६ बस्ने ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।