गृहमन्त्री लेखकद्वारा सिद्धबाबा सुरुङ मार्गको निरिक्षण

1.69k
Shares

बुटवल ।

सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सुरुङ मार्गको गृहमन्त्री रमेश लेखकले निरिक्षण गर्नु भएको छ् । बुधवार रुपन्देहीबाट पाल्पा जाने क्रममा निर्माणधिन सुरुङ मार्गको गृहमन्त्री लेखकले निरिक्षण गर्नु भएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत सबैभन्दा दुर्घटना हुने जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङ मार्ग निर्माण भैरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निरिक्षण पश्चात गृहमन्त्री लेखकले यस आयोजना निर्माण पश्चात देश सुरुङ युगमा प्रवेश गर्ने प्रतिक्रिया दिए ।

उनले हाईड्रो तिर धेरै नै टनेलहरु बनाएको भएपनि सडक तर्फ नागढुंगा सुरुङ र सिद्धबाबा सुरुङ निर्माण भएकाले यी सुरुङ मार्गहरुको निर्माणले नेपालको सडक क्षेत्रमा सुरुङ युगमा प्रवेश गर्ने बताए । उनले सिद्धबाबा सुरुङ मार्गलाई समयमै सम्पन्न गर्न आग्रह गरेका छन् ।