कल्पदेखि कल्पतक–६

282
Shares

चिसो वा जाडोले कठ्याङ्ग्रिने बेला हेयको दृष्टिले हेरिने चिसो, टन्टलापुर घामले पोलेको बेला रुखको छायामा बस्दा शीतल भई आनन्दित हुन्छ भनेझैँ हरेक सजीव, निर्जीव, तत्व, वस्तु, पदार्थको फेरबदल, रूपान्तरण, परिवर्तन निश्चित रहेको छ । अनि कुनै बक्सरले भीडन्तको बेला हिर्काएको एक मुड्कीले प्रतिद्वन्द्वीको ज्यान नै गएको इतिहास बोकेका उही बक्सर रोग वा बुढेसकालले एक कप चिया उठाउन पनि हात काँप्ने गरेको घटना त सुनेकै छौँ ।

तसर्थ धर्म/पाप, ठीक/बेठीक, न्याय/अन्याय, झुट/सत्य, स्वर्ग/नर्क, पिर/आनन्द, उदय/विलय, धर्मात्मा/पापात्मा, देवता/दानव, मनुष्य/पशु, दोपाया/चौपाया, सजीव/निर्जीव, वस्तु, पदार्थ, कण, परमाणु, कसकसर, जल/ग्यास, आकाश, तेज, वायु आदि सृष्टि रहेसम्म ब्रह्माण्डमा चलिनै रहनेछ जस्तो लाग्छ । कुनै कालखण्डमा ढुङ्गा पनि माटो हुन्छ भनेजस्तै, माटोले नै इँटा बन्छ भने त्यही इँटालाई माटोमा ढाल्न पनि सकिन्छ नि । अनि पुराण पाठहरूमा खम्बाभित्रबाट भगवान् विष्णु नरसिंह अवतारको रूपमा प्रकट भई राक्षस हिरण्यकशिपुको वध गरे भन्ने कथा पनि सत्य होला भनी मनन गर्नुपर्ने हुन्छ । बरु यत्रो सृष्टिलाई शुरूदेखि व्यवस्थित तरिकाले चलायमान गर्न सक्षम विधाता, प्रकृति, ब्रह्माण्ड सृष्टिकर्ताप्रति नतमस्तक हुँदै आभार तथा कृतज्ञता प्रकट गर्दछु ।

एकचित्त, एकाग्र, एकोहोरो सोचविचारबाट उत्पन्न निम्नलिखित १० बुँदे धारणामा केही अभाव, अपुग, भूल, त्रुटि, सल्लाह, सुझाव भएमा वा देखिएमा फो.नं. ५३३०५३७ मा सम्पर्क राख्नुभई सच्चिने वा सुधारिने ढोका खुला राखिएको छ।

१. सृष्टिको शुरुमा ब्रह्माण्डमा रहेको भार वा बोझ र हालको भार वा बोझमा एक रती पनि घटबढ नभएको तर शक्तिको स्वरूप हेरफेर, फेरबदल, रूपान्तरण, अदलबदल, परिवर्तनमात्र भएको भन्ने धारणा र जनश्रुति रहेको छ।

२. जन्मपछि मृत्यु निश्चित भए मृत्युपछि जन्म पनि सुनिश्चित छ । प्राणी प्रत्येक क्षण मर्छ र प्रत्येक क्षण जन्मन्छ भनी बौद्धदर्शनको एक सिद्धान्त ‘प्रतीत्यसमुत्पाद’मा पनि भनिएको छ ।

३. हाम्रा सबै पूर्वज र पुर्खाहरू यस ब्रह्माण्डभित्रै रहेको र यही नै हाम्रो बृहत् एवं विशाल घरभन्दा न्यायसङ्गत नै देखिन्छ ।

४. कुनै पनि सजीव तत्व निर्जीव र निर्जीव तत्व सजीवमा परिणत, फेरबदल, रूपान्तरण वा परिवर्तन हुन सक्ने आधार र आशालाई जीवन्त राखिएको छ ।

५. मनुष्य योनि राक्षस योनिमा, राक्षस योनि देव योनिमा, पशु योनिमा, पन्छी योनिमा जन्म हुन सक्नेतर्फ त पुराण, पाठ, ग्रन्थ, गीता, वेद आदिमा प्रस्ट्याइएको छ भने धर्म/पाप, सत्य/असत्य, दान/पुण्य, न्याय/अन्याय, सदाचारी/दुराचारी, इमानदारी/बेइमानी इत्यादि गुण–दोषको कारण पनि यस्तो फल भोग्न सकिन्छ ।

६. ब्रह्माण्डमा अवस्थित सबै सजीव र निर्जीव तत्वको समय, कालअनुसार आफ्नो पौरख, पराक्रम, क्षमता र पहिचान फरक हुन्छ। ढिलो–चाँडो सबै कालचक्रभित्र पर्नै पर्छ । अहिले झलमल, झिलमिल देखिने ब्रह्माण्ड पनि कुनै कालखण्डमा कालो प्वाल (ब्ल्याक होल) अर्थात् कालो विन्दुको रूपमा रहेको चर्चा–परिचर्चा त सुनेकै हो ।

७. जुन योनिमा प्राणीको जन्म भए तापनि उसलाई आफ्नै योनिको खानपिन, रहनसहन, लवाइखवाइ, घुमफिर, वातावरण प्यारो र रमाइलो लाग्नु प्रकृतिको वरदान हो ।

८. विष पनि यस ब्रह्माण्डभित्रै र अमृत पनि ब्रह्माण्डभित्रै पाइने कुरो समुद्र मन्थनबाटै ज्ञात भइसकेको छ ।

९. रोग/निरोगको आभिवृद्धि र अन्त्यमा पनि पञ्चमहाभूतको प्रत्यक्ष वा परोक्ष सम्बन्ध अवश्यै रहेको छ ।

१०. समय/कालको परिवर्तनसँगै मानिसमा छाएको (आएको) बुद्धि, विवेक र विचारको परिमार्जन तथा परिष्कृतताले धर्म/पापको व्याख्या, विश्लेषण र विवेचनासमेत हेरफेर, फेरफार, रूपान्तरण हुँदै अझ उत्कृष्टतातर्फ अघि बढ्न हौसला प्रदान भएको छ।
अन्त्यमा मोबाइलको ‘द डिभाइन टेल्स’, भगवद्गीता, भविष्य मालिका आदिमा सत्य, त्रेता, द्वापर, कलियुगमध्ये कलियुगको अन्त्यतिर विष्णु भगवान् कल्की अवतारका रूपमा अवतरण वा जन्मबारे समेत केही लेख, रचना र मन्तव्य तल प्रस्तुत गर्दै ‘कल्पदेखि कल्पतक’ शीर्षकको अभिव्यक्ति टुङ्ग्याउँछु।

सत्य, त्रेता, द्वापर र कलियुगको विश्लेषण :

(मनुष्यको ३६० दिन = देवताको १ दिनको हिसाबले यो गणना गरिएको छ ।)

कलियुग र कल्कि अवतारका बारे थप विचार र धारणा :
-कलियुग समाप्त भएको मात्र ५११८ वर्ष भएको मानिन्छ भने कतै कल्कि अवतारको जन्म भइसकेको पनि भनिएको छ ।
-उत्तर प्रदेशको सम्भल ग्राम मुरादावाद गाउँमा पिता विष्णु यश र माता सुमतिको पुत्रको रूपमा कल्कि अवतारको जन्म हुने ।
– जन्म हुँदा चार भुजा र पछि दुई भुजामा प्रकट हुने ।
– श्रावण मास षष्ठी तिथिमा जन्मनुहुने । (यसमा कसैको मतभेद भएको ।)
-पिता विष्णु यश उदार भगवद्भक्तिपूर्ण हुने ।
-विष्णु भगवानको नाम चक्रधर, चक्र ।
-कृष्ण भगवानकी दुई श्रीमती पद्मा र रुपा हुने ।
-कल्कि भगवानका चार छोराहरु– जय, विजय, मोघनाद र बलाहक ।
-कल्कि भगवानका दाजुहरु– कवि, प्राज्ञ र सुमन्त्रक ।
– कल्कि भगवान ६४ कलामा पूर्ण हुने ।
-कल्कि भगवानको पुरोहितको नाम याज्ञवल्क्य ।
-उपनयनपछि कल्कि भगवान महेन्द्र पर्वतमा ऋषि परशुरामकहाँ गई धनुर्वेद र गन्धर्ववेदको शिक्षा लिने ।
– परशुरामले कल्कि भगवानलाई कलियुगको नाश नै गुरु दक्षिणा भन्नुहुने ।
– महादेवले कल्कि भगवानलाई देवदत नामक सफेद घोडा, तरबार र एक सुगा दिने ।
-भ्रष्टाचारको संख्या अति बढी हुने र पैसा हुनेले राज गर्ने ।
-धार्मिक कार्यमा रुचि नहुने ।
– मनुष्यको बुद्धि भ्रष्ट हुने ।
– धर्मलोप हुने र मनुष्य नास्तिक हुने ।
– खराब गर्नेलाई नै ज्ञानी भन्ने ।
– विवाहलाई धर्म नमान्ने ।
-पिताले पुत्र र पुत्रले पिताको वंध गर्दा दुःखी नहुने ।
– चोरले चोरकै चोर्ने ।
– कन्या बेचेर पैसा कमाउने ।
-स्त्रीले पतिको आज्ञा नमान्ने ।
– रीतिथिति खत्तम हुने ।
– शास्त्र–विमुख हुने ।
– आफ्नो विवाहमा लाखौँ खर्च गर्ने तर छिमेकीमा वास्ता नगर्ने ।
– ज्ञानको चर्चा गर्ने तर काम राक्षसी हुने ।
– योगी पनि दुष्ट चरित्रको हुने ।
– राजा पनि चरित्रहीन हुने ।
-स्त्रीया धनहीनलाई त्याग्ने ।
– धनराशी घर बनाउनमै सकाउने ।
-स्त्रीया आफ्नो इच्छाअनुसार आचरण गर्ने ।
-स्त्रीया असत्य र कटुबचन बोल्ने, लोभीपापी हुने ।
– राजा प्रजाको रक्षा नगरी शोषण गर्ने ।
– धर्म, सत्य, पवित्रता, क्षमा, दया, आयु, बल र स्मरण शक्ति लोप हुने ।
-पृथ्वीको साढे चार फिटतकको धर्तीको उब्जाउ नष्ट हुने ।
– गाई बाख्रासमान सानो हुने ।
– गाईले दूध कम दिने ।
-पाँच वर्षमै गर्भवती हुने ।
– १६ वर्षमा वृद्धा–वृद्धा हुने ।
-२० वर्षमा मृत्यु हुने ।
– ३० वर्ष अन्तिम आयु हुने ।
– पृथ्वीबाट गङ्गा नदी स्वर्ग जाने ।
-स्याटलाइट, इन्टरनेटले काम गर्न बन्द (निष्क्रिय) हुने ।
– १२ वर्ष पृथ्वी जलमग्न हुने ।
-कल्कि भगवानको सहायक कृपाचार्य, द्रोणाचार्य, अश्वत्थामा, हनुमान आदि हुने ।
-१२ सूर्य उदय भई पृथ्वीको जल सुकेपछि गर्मीले प्रलय हुने । देवताको देवत्व नष्ट हुने र आशिर्वाद पनि नरहने ।
-पछि फेरि १२ वर्ष पानी पर्ने ।
– अन्त्यमा जीवनको उत्पत्ति शुरु हुने र मानवता जिउँदो हुने ।
– कृष्ण भगवानले कलियुग सबैभन्दा श्रेष्ठ युग भनेकोमा ऋषिमुनिहरू महर्षि व्यासकहाँ परामर्श लिन जाँदा महर्षि व्यासले भन्नुभयो, ‘कलियुगमा शूद्र नै साधु र मुनिश्रेष्ठ हो । सत्ययुगमा १० वर्ष, त्रेतायुगमा १ वर्ष, द्वापरयुगमा १ महिना लाग्ने पुण्यको फल कलियुगमा शूद्रलाई १ दिन श्रीकृष्णको नाम र कीर्तन गरेरै प्राप्त हुन्छ । शूद्रलाई भक्षाभक्ष खानपिनको नियम नभएकोले साधु भनिएको हो । स्त्रीले पतिको सेवा गर्नाले नै परम पद प्राप्त हुन्छ ।
-मानवता जीवन्तको साथै कुनै–कुनै बुँदाहरूमा मोबाइलमै एकरूपता पाइएको छैन तर कलियुगको अन्त्य र कल्कि अवतारको उदयमा भने खासै भिन्नता देखिन्न । कतै ६४ करोड मानिस बच्ने त कतै जीव शून्य लेखिएको छ । सृष्टिको रचना र लीलालाई हामीले नाघ्न वा उल्लंघन गर्न त कदापि सक्दैनौँ तर न्यूनतम संहार र क्षतिमै सृष्टि चलायमान रहोस् भन्ने कामना भने गर्दछु ।
(समाप्त)