विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले काठमाडौं गुखार्जलाई ११८ रनको लक्ष्य दिएको छ। त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बल खेल्दै ११७ रनमा अलआउट भएको हो।

विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । दीपक बोहोराले २०, स्कट इरासमसले १५, बसिर अहमदले १३ र निकोलस किर्तोनले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौंका गेहार्ड इरासमसले ३ विकेट लिए। दिनेश कँडेलले २ विकेट लिए। साहब आलम, करण केसी र डान डाउथवेटले समान एक विकेट हात पारे।