पोखरा ।
कास्की जिल्ला फुटबल संघ २५ औं शौर्य सिमेन्ट आदर्श कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । आदर्श युवा क्लबको आयोजनामा शनिवार भएको फाइनलमा शसस्त्र प्रहरी बल गण्डकी मुख्यालयलाई २–१ गोलले हराएर कास्की च्याम्पियन बनेको हो ।
कास्कीलाई च्याम्पियन बनाउन संगम ठकुरी र अनुज भण्डारीले गोल गरे। कास्कीले नगद चार लाख २५ हजार पाँच सय २५ रुपियाँ प्राप्त ग¥यो । यस्तै, सशस्त्रले दुई लाख २५ हजार पाँच सय २५ रुपियाँ हासिल गरेको थियो।
प्रतिक्रिया