काठमाडौं ।
सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेलका पदक विजेतालाई शनिवार पुरस्कृत गरिएको छ। विभिन्न ४ खेलका पदक विजेतासहित मार्च पास्टमा शीर्ष स्थानमा रहने टोलीलाई पुरस्कृत गरिएको हो।
एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित खेलकुद सप्ताहमा छात्र फुटसल, छात्र/छात्रा कबड्डी र तानडोरी तथा छात्र बास्केटबलमा प्रतिस्पर्धा भएको थियो। आयोजक कार्यसमितिका अध्यक्ष अमृतकुमार खड्का, कार्यसमितिका उपाध्यक्ष एवं अत्तिरिक्त क्रियाकलापका संयोजक प्रेमकुमार भुजेललगायतले सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे।
कमलादीस्थित युनिग्लोब स्कुलमा भएको छात्र फुटसलमा अमर आदर्श पहिलो, बोधी सदन दोस्रो र निर्मल ज्योति तेस्रो भएका थिए । छात्र/छात्रामा कबड्डीको दुवै उपाधि भीमेश्वर एकेडेमीले जित्यो । छात्रमा अर्किड दोस्रो तथा गणेश हिमाल र नेरिक एकेडेमी तेश्रो भए । छात्रामा वेस्ट ग्रुप भिजन दोस्रो तथा अमर आदर्श र ग्रिन लन्स तेस्रो बने।
त्यस्तै, तानडोरीको छात्रमा ज्ञानभूमि, कान्तिपुर र पिक प्वाइन्ट क्रमशः शीर्ष तीन स्थानमा रहे। छात्रामा कान्तिपुर विजेता, पिक प्वाइन्ट उपविजेता र मिलन धर्मस्थली तेस्रो भए । कबड्डी र तानडोरी भीमसेनगोलास्थित अमर आदर्श स्कुलमा भएको थियो।
एपेक्स लाइफ स्कुलमा भएको छात्र बास्केटबलको उपाधि हिमाली बोर्डिङले चुम्यो । साइन मोडेल दोस्रो तथा युनिभर्सल तेस्रो स्थानमा रहे । मार्च पास्टमा वेस्ट ग्रुप भिजन पहिलो, काठमाडौं सेन्ट्रल दोस्रो र ग्रिन हिल तेस्रो हुँदै क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदबाट पुरस्कृत भए। मंसिर २१ गतेदेखि शुरू खेलकुद सप्ताहमा १ सय २० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतिक्रिया