लिभरपुल हारबाट जोगियो


एजेन्सी ।

डिओगो जोटाले अन्तिममा गोल गरेपछि प्रिमियर लिग लिडर लिभरपुल संभावित हारबाट जोगिएको छ । लिभरपुलको उनीहरुकै मैदान एनफिल्डमा फुलहाम जितको नजिक पुगिसकेको थियो । तर, जोटाले ८६ औं मिनेटमा गोल गरेर लिभरपुललाई एक अंक दिलाउन सफल भए।

यसअघि फुलहामले दुई पटक अग्रता लिएपनि अन्तिममा २–२ बराबरीमै चित्त बुझाउनुपर्‍यो। फुलहामका लागि एन्ड्रीज पेरेराले ११ औं मिनेटमा गोल गरेर १–० को अग्रता दिलाए । पछि परेको घरेलु टोली १७ औं मिनेटमा १० खेलाडीमा सीमित हुनुपरेको थियो । हेरी विलसनलाई गोल गर्न रोकेपछि एन्डी रोबर्टसन रेड कार्ड हेर्दै बाहिरिएका थिए।

पहिलो हाफ १–० कै स्कोरमा सकिएको थियो । दोस्रो हाफ शुरु भए लगतै कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए । उनले ४७ औं मिनेटमा मोहम्मद सलाहको असिस्टमा गोल गरेका थिए । तर, ७६ औं मिनेटमा फुलहामले रोड्रीगो मुनीजको गोलमार्फत् खेलमा पुन अग्रता लिएको थियो ।

यो नतिजापछि १५ खेलमा शीर्ष स्थानमा रहेको लिभरपुलको ३६ अंक भएको छ । चेल्सीको ३१ अंक रहेको छ भने लिभरपुललाई ५ अंकको अग्रता छ । यस्तै, शनिबार नै गोलरहित बराबरी खेलेको आर्सनलको १६ खेलमा ३० अंक छ । आर्सनल एभर्टनसँग बराबरीमा रोकिएको थियो । चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ अंक रहेको छ ।