उदयपुर ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाको शुक्रबार भएको निर्वाचनमा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ ।
प्राप्त मतपरिणाम अनुसार अध्यक्ष पदमा संयुक्त प्यानलका उमेदवार भक्तिविलास पोखरेलले ६० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी भोटराज राईले ४२ मत पाएका छन् ।
समावेशी उपाध्यक्ष पदमा महिला तर्फको रेवती पराजुली, उपाध्यक्ष विश्वराज तामाङ निर्विरोध निर्वाचित भएका छन भने सचिवमा तुलसी कोइरालाले ६६ मत पाएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी ऋषि बहादुर राईले ३३ मत पाएका छन् । यसैगरी कोषध्इा पदमा स.युक्त प्यानलका उमेदवार पुरुषोत्तम सापकोटाले ५७ मत पाएर विजयी हूँदा उनका निकटतम प्रतिद्धन्दी अभिमन्यु लामिछानेले ४२ मत प्राप्त गरेका छन् ।
यसैगरी सह सचिव समावेसीमा रञ्जु दनुवारले ६७ मत प्राप्त गरेकी छिन भने उनका निकटतम प्रतिद्धन्दी सुखीलाल चौधरीले ३० मत प्राप्त गरेका छन् । खुला सहसचिवमा देवराज राईले ६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी राकेश नेपालीले २८ मत प्राप्त गरेका छन् ।
यसैगरी सदस्यहरुमा अञ्जनि कुमार अधिकारी ६८, अमित तामाङ ७०, खेमराज दाहाल ६९, ढक बहादुर राउत ५५, शंकर बहादुर रिखाम मगर ७३, र सिंह बहादुर राई ७० मत पाएर विजयी भएका छन् । उदयपुरमा जम्मा ११० जना मतदाता रहेकोमा १०४ मत खसेको थियो ।
प्रतिक्रिया