प्याब्सन गोदावरी नगर कमिटी अध्यक्षमा जोशी


धनगढी ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० गोदावरी नगर कमिटी अध्यक्षमा मदन जोशी निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न अधिवेशनबाट जोशी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। उनी कैलालीको गोदावरी नगरपालिका-१ स्थित किड्स जोनका सञ्चालकरप्रिन्सिपल हुन्।

यस्तै सचिवमा प्रकाश मल्ल, कोषाध्यक्षमा लोकराज उपाध्याय र सदस्यमा दीर्घ साउद, ध्रुव खडायत चयन भएका छन्। बाँकी दुई सदस्य मनोनीत हुन् बाँकी छन्।