काठमाडाैं ।
कामना प्रतिष्ठान शाखामा पत्रकार महासंघको मतदान सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कमना प्रतिष्ठान शााखाकाे निर्वाचन र्निविराेध भएकाे हाे ।
महासंघ कामना प्रतिष्ठान शाखाको बुधबार भएको ९ औं अधिवेशनले भगवती तिमल्सिनाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा सुनील महर्जन, सचिवमा सूर्यप्रसाद अर्याल, कोषाध्यक्षमा शारदा शर्मा(गौतम) तथा सदस्यमा सरोज राजोपाध्यय र कर्ण प्रधान चयन भएका छन् ।
त्यसैगरी केन्द्रीय पार्षद् र प्रदेश पार्षद् पनि निर्विरोध चयन गरिएको छ । जस अनुसार केन्द्रिय पार्षद्मा यदुप्रसाद भट्ट, राजु श्रेष्ठ चयन भएका छन् भने प्रदेश पार्षद्मा प्रकाश श्रेष्ठ र सरस्वती सुनार चुनिएका हुन् । निर्वाचन अधिकृतले निर्वाचिन पदाधिकारीलाई टिका खादा लगाएर शुभकामना दिनुभएकाे थियाे ।
यसैगरी नेपाल नेपाल पत्रकार महासंघ केन्द्र तथा प्रदेश कार्यसमितिकाे निर्वाचन पनि कामना शाखामा शान्ति पूर्ण रुपमा सम्पन्न भएकाे छ । यस शाखामा कामना प्रतिष्ठान शाखा र नेपाल एफ एमकाे मतदान केन्द्र ताेकिएकाे थियाे ।
निर्वाचन गराउन केन्द्रबाट निर्वाचन अधिकृतका रुपमा शिवलाल पाण्डे खटिएका थिए । कामना प्रतिष्ठानमा २७ मा २५ मत खसेकाे थियाे भने, नेपाल एफएमबाट १० मा ८ मत खसेकाे थियाे ।











प्रतिक्रिया