काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १ सय २९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओचरको खेलमा ८ विकेटको क्षतिमा १ सय २८ रन मात्र बनाउन सक्यो। उसका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए।
अर्जुन घर्तीले २५, बाबर हायातले २०, र चाडविक वाल्टनले १३ रनको योगदान गरे । लुम्बिनीका विकास आग्रीले तीन तथा तिलक भण्डारीले दुई विकेट लिए। कप्तान रोहित पाैडेल र सिमोन्ड्स सादबिन जाफरले समान एक/एक विकेट हात पारे । लुम्बिनीले केहि बेरमा जवाफी ब्याटिङ सुरु गर्ने छ ।











प्रतिक्रिया