काठमाडौं ।
आयोजक जेबी स्कुल र पारामाउन्टले प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन्। बूढानीलकण्ठ ६, च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले न्युटनलाई २४–१८ ले पराजित गर्यो।
जेबीको जितमा भुवन चौलागाईंले ४ अंक योगदान गरे। सुदिप घलेको १३ अंक सहयोगमा पारामाउन्टले नाम्सलाई ४४–१२ ले सहजै हरायो। यस्तै, हिमरश्मिले ओडीसीलाई ३१–१६ ले पाखा लगायो। हिमरश्मिका आयुश पोखरेलले ८ स्कोर गरे।
यसै गरी सिनियर गल्र्समा लालीगुराँस नेसनल एकेडेमी, एन्जल्स हार्ट र न्युटनले सफलता प्राप्त गरे । लालीगुराँसले जेबीलाई २६–१८, एन्जल्स हार्टले स्किब्सलाई १७–१५ र न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–२१ ले पन्छाए । लालीगुराँसकी सिमरन महर्जनले ७, एन्जल्स हार्टकी सुप्रिया पुनले १० र न्युटनकी इरेना राणाले ८ अंक जोडे।
पूर्व मन्त्री रेशम लामाद्वारा उद्घाटन भएको प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी छन्। लिग कम नकआउट पद्धतिमा भइरहेको प्रतियोगिताको फाइनल पुस २ गते हुनेछ।
प्रतिक्रिया