एक समयको कुरा हो, देशमा उति विकास नभए पनि वातावरण रमाइलो थियो । मानिसहरु सभ्य थिए। उनीहरुमा छाडापन थिएन । तर समय र बढ्दो जनसंख्याले गर्दा मानिसहरुलाई पुरानो व्यवस्था पनि ठीक लागेन, जसका कारण हाम्रो देशमा राजतन्त्रसहितको लोकतन्त्र आयो । यहाँ लोकतन्त्र आएको पनि चार दशक भइसकेको छ।
देशमा केही प्राइभेट सेक्टरबाट विकास पनि भयो तर चाहिने जति विकास सरकारले गर्न सकेन, राजनीतिक ज्ञानको कमीले गर्दा । यसबाहेक नेता–कार्यकर्ताले गर्दा राज्यले जनतालाई सुखी तुल्याउन पनि सकेन । कारण देशलाई चाहिने मुख्य सिस्टमहरुको विकास हुन सकेन । त्यसमाथि सरकारी कर्मचारीहरु पनि दायित्वबाट पन्छिने अनि अर्कोतिर उद्योग व्यवसायीहरुको लालच एवं स्वार्थले गर्दा मुलुकको हरेक क्षेत्र सुस्त गतिमा चल्न थाल्यो। यसमा सबभन्दा ठूलो गल्ती देश चलाउनेहरुको नै देखियो।
अब त अति भयो । अब देशलाई राम्रो बनाउन आफ्नो पक्षबाट सबैले सच्चिनुपर्छ । स्वार्थी दिमाग र पैसाका रोगीहरुमा सुधारको खाँचो छ । आफ्नो दायित्वबाट नपन्सिन पनि उत्तिकै जरुरी छ अनि मात्र मुलुकमा सुधार हुँदै जानेछ ।
यिनीहरुको कारणले नै नागरिकको समस्या, चाहना, आकांक्षाहरु बढ्दै गए। यस अवस्थामा टाठाबाठाहरुले जसरी पनि पैसा, सम्पत्ति हासिल गर्दै गए । यस्तो बेला चाकडी गर्ने, झुटो बोल्ने बिचौलियाले धेरै कमाए, अझै पनि कमाउँदै छन्। यसले गर्दा समाज बिग्रियो, देश सुस्त भयो । साथै युवापुस्ता नचाहेर पनि विदेश जान बाध्य भयो, रोजगारका लागि।
गलत कार्य गरेर देशलाई पछि धकेल्नेहरुले यो कहिल्यै सोचेनन् कि मेरो भविष्य के होला र मेरो अर्को जन्म कस्तो होला भनेर । शायद उनीहरुको सोच यति पर पुग्न सकेन वा पुगे पनि तत्कालको मोजमस्तीलाई मात्र हेरे । उनीहरुमाथि यहाँ कसैले केह गर्ने आँट नगरे पनि माथिको अदृश्य शक्तिले यसरी गल्ती गर्ने कसैलाई छोड्नेछैन, ढिलो र चाँडो मात्र हो । प्रायः मानिसहरु पुकार्ने गर्छन्– प्रभु रक्षा गर । तर यस्ता गल्ती गर्नेका सन्तानहरुले पनि विदेशमा दुःख भोगिराखेका हुन्छन् र आँसु चुहाइराखेका हुन्छन्। जुन हामीले नदेख्ने मात्र हो । त्यसकारण पैसाका लागि गलक कर्म नगरौँ, यदि यसरी गलत गरिराखेको छ भने आफूले आफूलाई बदलौँ, साधारण जीवनमा भए पनि खुशी हुन सिकौँ । यसले गर्दा नै व्यक्ति, समाज र मुलुक राम्रो हुने हो ।
अहिले खालि पैसाको लेखाजोखामा देश चलिराखेको देखिन्छ । राम्रो भिजन अपनाउनुभन्दा राष्ट्रधनको दुरुपयोग भइराखेको देखिन्छ । धरै नेताहरु हुनुको कारण देशको लागि राम्रो सिस्टम र राम्रो भिजन बन्न÷हुन सकेन । जसले कमाउन सक्यो उसको बोलवाला भइराखेको अवस्था छ । बाँकी सब बेकारजस्तो जीवन खेर फालिरहेका छन् । यही कारणले गर्दा न त देशमा रमाइलो हुन सकिराखेको छ, न त सन्तुष्टि नै । नागरिकहरुको मन शान्ति छैन, न देश नै फुर्तिलो हुन सकिराखेको छ । त्यसकारण यी सब कुरालाई सोचेर धेरै लोभ नगरी मानिस बदलिनु आजको आवश्यकता हो । किनकि गलत संस्कारले समाज पनि गलत बाटोमा जान्छ।
आजभोलि मानिसहरुलाई जसरी भए पनि पैसा कमाउने रोग त छँदै छ, त्यसमाथि उनीहरु भोलिका लागि सोच्दैनन् । घरकलह, पारपाचुके, परिवारसँग अलग्ग हुनु आदिजस्ता कुरालाई पहिला नै विचार पुर्याउनु जरुरी छ । कारण आजभोलि फेसन, देखावटी, पैसाको अहंता र लोभलालचले गर्दासमेत महिलाहरु पनि खराब हिसाबले बदलिराखेका हामीले देखिराखेका छौँ । आजभोलि महिला हुन् वा अविवाहित केटीहरु, उनीहरुले देख्ने भनेको पैसा हो, कि त विदेश नै हो । यसले गर्दा कैयौँ घर–परिवारमा तवाह भइराखेको छ । त्यसैले समाजलाई सही बाटोमा लग्न नसक्ने सरकारहरुलाई बदल्नु यतिखेर एक–अर्काको दायित्व हुन आउँछ। यस्ता कुरामा मुख मोडेर स्वार्थीजस्तो भई बस्नुहुँदैन । नत्र भने भोली यस्ता समस्या सबैलाई आउन सक्छ । यसले गर्दा मानिसहरुको जीवन नर्कसमान हुन बेर लाग्दैन।
आजभोलि मानिसहरुमा पारपाचुकेजस्ता कुराहरु सामान्य भइसकेका छन् हाम्रो देशमा । जसको कारण हुन सक्छ कि पैसाको समस्या । अथवा परिवारिक समस्या वा युवा र अभिभावकमा फरक विचारले पनि यस्तो भएको हुन सक्छ । त्यस्तै विदेशको चाहनाले गर्दा पनि यो समस्या निम्तराखेको छ । त्यसकारण यस्ता कुराहरुलाई लिएर पहिला नै सम्झौता हुनुपर्छ र विचार पु¥याउनु जरुरी छ । जसले गर्दा भविष्यमा कलह र अशान्ति नहोस् । पहिला नै यस्ता कुराहरुमा छिनोफानो हुन जरुरी छ । भोलिका दिनमा यस्ता समस्या आउन नदिन यो उत्तम समाधान हो ।
यो देशको विडम्बना नै लोकतन्त्र आएको चार दशक हुँदा पनि राज्यले यहाँका मानिसहरुलाई खासै सुख, सुविधा, सहुलियत दिन सकेन। एक हिसाबले युवापुस्ताहरु छाडा भई गलत बाटो अपनाउनु पनि यसैको उपज मान्न सकिन्छ। तैपनि यो देशमा अहं भावना र पैसाको लागि लडाइँको अन्त्य भएन। अब त अति भयो। अब देशलाई राम्रो बनाउन आफ्नो पक्षबाट सबैले सच्चिनुपर्छ। स्वार्थी दिमाग र पैसाका रोगीहरुमा सुधारको खाँचो छ । आफ्नो दायित्वबाट नपन्सिन पनि उत्तिकै जरुरी छ अनि मात्र मुलुकमा सुधार हुँदै जानेछ।
प्रतिक्रिया