काठमाडौं ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन्।
पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्ने छन्।
पहिलो खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ। लुम्बिनीले यसअघि ६ खेल खेलेकामा ५ खेलमा पराजय व्यहोरेको छ भने एक खेलमा जित निकालेको छ।
प्लअफबाट बाहिरिसकेको लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुने छ। कर्णालीलाई प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ। दिउँसो १ बजे हुने आजको दोस्रो खेलमा चितवन र विराटनगर भिड्दै छन्। यो खेल हारे विराटनगर औपचारिक रूपमा लिगबाट बाहिरिने छ।
विराटनगरले अबका दुवै खेल जित्दा पनि ६ अंक मात्रै हुन्छ। पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ।
यता चितवन विराटनगरलाई हराउँदै प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा योजनामा छ। तालिकाको तेस्रो स्थानमा रहेको चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ।
प्रतिक्रिया