काठमाडौं ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति अशोक राज सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देललाई आज बिहीबार राष्ट्रपति मुर्मुले राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।
नेपाल-भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ ।
प्रधान सेनापति सिग्देलले आजै भारतका रक्षा मन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । त्यसै गरी, उहाँले थल सेना भवन परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ ।
प्रतिक्रिया